भ्रष्टाचार र अनियमितताको छानविन गरी दोषीलाई कारवाही गर – अखिल (क्रान्तिकारी)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) काठमाडौँ विश्वविद्यालय समितिले शैक्षिक गुणस्तर सुधार र भ्रष्टाचारलगायतका अनियमितताको छानविन र दोषीलाई कारवाही गर्न माग गरेको छ । काठमाडौँ विश्वविद्यालय जिल्ला समितिका संयोजक दिपक शर्माले आइतबार विज्ञप्ति निकाली विश्वविद्यालयमा मौलाउँदै गएका विकृति विसंगतिविरुद्ध संघर्षमा उत्रिन सम्पूर्ण विद्यार्थीहरुलाई आह्वान गरेका हुन् ।

संयोजक शर्माद्वारा जारी विज्ञप्तिमा विगत केही समयदेखि विभिन्न सञ्चार माध्यामहरुमा काठमाडौँ विश्वविद्यालयमा भएका आर्थिक अनियमितता लगायतका विषयहरुमा लगातार आइरहेका समाचार र विवरणहरुप्रति संगठनको गम्भिर ध्यानाकर्षण भएको जनाउदै विश्वविद्यालय जस्तो प्राज्ञिक र मर्यादित संस्थाका सम्बन्धमा आएका भ्रष्टाचार, अनियमितता र अराजकताका समाचारहरुले समग्र विश्वविद्यालय र देशकै छवि धमिल्याउने विषय स्पष्ट भएको उल्लेख गरिएको छ ।

साथै विश्वविद्यालयमा हुने सबै गतिविधिहरु पारदर्शि र नियम संगत हुन जरुरी भएको भन्दै सञ्चार माध्यामहरुलाई विश्वविद्यालयको छवि नधमिल्याउन, हिसावकिताव नमिल्दा र पुर्वाग्रहको आधारमा समाचारहरु नलेख्न र उनिहरुको पित पत्रकारीता बन्द गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :