कोइरालाको सजाय घटाउने प्रधानन्यायाधीशको फैसला पुनरावलोकन गर्न अनुमति

काठमाडौँ : साउन ८ गते रिहा भएका सशस्त्र प्रहरीका पूर्वडीआईजी रञ्जन कोइरालाको सजाय घटाउने सर्वोच्च अदालतको फैसलाको पुनरावलोकन हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहितको इजलासले कोइरालालाई रिहा गर्न गरेको फैसलाविरुद्ध परेको निवेदनउपर आइतबार भएको बहसमा उक्त आदेशको पुनरावलोकन गर्न अनुमति मिलेको हो ।

न्यायाधीशहरू बमबहादुर श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्ण इजलासले फैसला पुनरावलोकनका लागि सरकारले दिएको निवेदनलाई अघि बढाउन अनुमति दिने आदेश सुनाएको छ ।

पत्नीहत्याको अपराधमा ८ वर्षदेखि सर्वस्वसहित जन्मकैदको सजाय भुक्तान गरिरहेका कोइरालालाई सर्वोच्च अदालतले रिहाइको आदेश दिएको थियो । उक्त फैसला चौतर्फी विवादित बनेको थियो । गम्भीर अपराधमा जन्मकैदको सजाय भोगिरहेका व्यक्तिको सजाय घटाउने सर्वोच्चको फैसला विवादित बनेको हो । सर्वोच्चको फैसला त्रुटिपूर्ण रहेको भन्दै महान्यायाधिवक्ताको कार्यालयले कोइराला छुटेकै दिन सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :