पुर्व डिआईजीलाई कैद छुट गर्ने सर्वोच्चको फैसलाको औचित्यमाथि सुनुवाई हुँदै

काठमाडौँ —पत्नीहत्याको अभियोगमा जेल सजाय भुक्तान गरिरहेका पूर्वडीआईजी रञ्जन कोइरालालाई बाँकी कैद सजाय छुट दिने फैसला पुनरावलोकनका लागि परेको निवेदन सुनुवाई हुँदैछ । सर्वोच्च अदालतले पुर्व डी आईजी कोइरालालाई सावन ८ गते जेल मुक्त गरेपछि फैसला पुनरावलोकन गर्न परेको निवेदनमाथि आइतबारका लागि तोकिएको पेशीमा न्यायाधीशहरु बम कुमार श्रेष्ठ, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मी सदस्य छन् । तीन सदस्यीय उक्त इजलासले सरकारका तर्फबाट पेस भएको निवेदनको सुनुवाइ गरी फैसला पुनरावलोकन हुने वा नहुने आदेश गर्नेछ ।

सर्बोच्च अदालतको ८ सावनको उक्त फैसला चौतर्फी आलोचित बनेपछि पुनरावलोकनका लागि सोही दिन निवेदन दर्ता भएको थियो । निवेदन दर्ता हुनासाथ चौतर्फी आलोचना र बिरोधपछि सर्वोच्च अदालतले तत्काल सुनुवाइको मिति तोकेको थियो । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराले चौतर्फी अदालतको काम कार्वाही राम्रो भएको देखाउनको लागि पनि निवेदन दर्ता भएको २ दिन पछि नै सुनुवाईको मिति तोकेका छन् । सर्बोच्च अदालतमा पुनरावलोकनको निवेदनमाथि सुनुवाइका लागि यति छिटो पेसी तोकिएको सम्भवत यो पहिलो घटना हो । पुनराअवलोकनका लागि दर्ता गरिएको निवेदनमा फौजदारी कसुर सजाय निर्धारण ऐनमा अपराध सावित नभई कैद सजाय घटाउन नहुने ब्यवस्थाको उलंघन गरिएको भन्दै अदालतमा प्रयाप्त आधार र प्रमाणहरु हुदाहुँदै पनि सहायक कारणहरुमा जोड दिइएको भन्ने भन्ने कुरा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :