सुकुम्बासीका घरटहरामा आगो लगाउने दोषीमाथि कडा कारवाही गर्न माग


काठमाडौँ : जनअधिकार अभियान नेपालले चितवनको कुसुमखोला किनारमा रहेको चेपाङबस्तीमा चितवन राष्ट्रिय निकुञ्जले साउन ३ गते कुनै पूर्वसूचना निकुञ्जको ठाडो आदेश र निर्देशनमा सेना र कर्मचारीको संयुक्त मिलेमतोमा सुकुम्बासीहरुको घरटहरामा आगो लगाउने दोषीहरुमाथि तत्काल कडा कारवाही गर्न माग गरेको छ ।

अभियानका अध्यक्ष एकराज भण्डारीले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै सेनाद्धारा जबर्जस्ती आफ्नो नियन्त्रणमा लिई कुटपिट गरी राजकुमार चेपाङको मृत्यु समेत भएको घटनाले गम्भीर ध्यानाकर्षण समेत भएको भन्दै सुकुमबासी घरमा आगो लगाउने, नागरिकलाई निर्घाट कुटपिट गर्ने कार्य मानवअधिकारको गम्भीर उलङ्घन हुनुका साथै अत्यन्तै पासविक, बर्बरता एवं अमानवीय र क्रुरतापूर्ण हर्कत भएको बताएका छन् । उनले घटना भएको आठौं दिन पुग्दासमेत राज्यको तर्फबाट कुनै कदम नचालिनु र मन्त्रालयका मन्त्रीलेसमेत घटनाबारे थाहा नभएको भन्नु गम्भीर गैरजिम्मेवार भएको भन्दै भण्डारीले यो घटनाले सरकार सुकुमबासी जनताको पक्षमा नरहेको बताएका छन् । विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :