नेकपाका नेता सन्देश पौडेल रिहा

 सन्देश पौडेल केन्द्रीय सदस्य तथा जनकपुर व्युरो इन्चार्ज
अम्बिका चन्द / काठमाडौं, असार २७ : ३ महिना पहिले प्रहरीद्वारा पक्राउ गरिएका नेकपाका केन्द्रीय सदस्य सन्देश पौडेल मंगलबार रिहा हुनु भएको छ । वैशाख २१ गते महोत्तरीबाट सिन्धुली आउँदै गरेको बेला पौडेल सहित ५ जनालाई भिमान प्रहरी चौकीले उहाँलाई पक्राउ गरेको थियो । नेकपाको जनकपुर ब्युरो इन्चार्ज समेत रहेका पौडेललाई पक्राउ पछि लामो समयसम्म जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा राखिएको थियो । विनाकारण पार्टी कामको सिलसिलामा हिडेको बेला पक्राउ गरिएको भन्दै नेकपाले पक्राउको विरोध गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :