गणतान्त्रिक सम्पर्क मञ्चका महासचिव सहित ८ जना पक्राउ

नेकपा निकट गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय महासचिव हिरा शाही लगायत ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । शाही लगायत पक्राउ पर्नेहरु सचिवद्वय पूर्ण श्रेष्ठ र दुर्गा अधिकारी पनि हुनुहुन्छ । यस्तै सम्पर्क मञ्चकै केन्द्रीय सदस्य एवं सेती महाकाली संयोजक करणसिंह वडाल र जनकपुर संयोजक पदम मगर सदस्यहरु प्रदिप फुयाल, ज्ञानबहादुर खड्का र नरोतम पाण्डे हुनुहुन्छ । आज दिउसो काडमाण्डौंको रत्नपार्कबाट पक्राउ गरिएका सवैलाई महेन्द्र पुलिस क्लवमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :