गिरफ्तार गरिएकाहरुलाई तत्काल रिहा गर ः प्रवक्ता प्रकाण्ड

prakandaनेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले नेपालबन्दको दिन आफना नेताकार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेकोमा विरोध गर्दै विनाशर्त रिहाईको माग गर्नुभएको छ । साथै उहाँले जनयुद्धकालमा माओवादीलाई दमन गर्न तयार गरेको कानुन लगाएर आफना नेता कार्यकर्ताहरुमाथि गिरफ्तार र दमन गरिएको वताउनुभएको छ । प्रस्तुत छ विज्ञप्तीको पूर्णपाठ ः
कथित स्थानीय चुनाबको वहानामा हाम्रो पार्टीका नेता तथा कार्यकर्तालाई गिरफ्तार गरी जनयुद्धकालमा माओवादी जनयुद्ध दमन गर्न तयार गरेको कानून लगाएर झुट्टा मुद्दामा फसाउने र दमन गर्न गरिएको राज्यको षड्यन्त्रका विरुद्ध आज असाढ २७ गते पार्टीले संघर्षको नेपाल बन्द कार्यक्रम आयोजना ग¥यो । देउवा सरकारको जनार्दन गृह प्रशासनले रातो खबर साप्ताहिक र रातो खबर अनलाईनका निर्देशक अनिल शर्मालाई आज एकाविहान ७ः३० बजे बागवजार पत्रीकाको कार्यालयबाट गिरफ्तार ग¥यो । जनगणतान्त्रीक मञ्चका इञ्चार्ज मकर गुरुङ, मञ्चका अध्यक्ष रत्न मगर लगायत ४ जनालाई बागवजार कार्यालयबाट गिरफ्तार ग¥यो । विद्यार्थी नेता पूर्णबहादुर सिंह लगायत दर्जनौं नेता कार्यकर्तालाई गिरफ्तार गरेको छ ।
देउवा–प्रचण्ड मण्डलीको जनार्दन गृह प्रशासनले इतिहासलाई मात गर्ने गरी आज विहानै संचार जगतमाथि हमला ग¥यो । यो निरंकुशतावादी दमनको पार्टी कडा निन्दा एवं भत्र्सना गर्दछ । प्रेशमाथिको हमला तुरुन्तै रोकी गिरफ्तार अनिल शर्मा लगायत सम्पूर्ण नेता कार्यकर्ताको रिहाको जोडदार माग गर्दछ ।

anil s

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :