अस्पतालले भर्ना नलिदा एम्बुलेन्समै बिरामीको ज्यान गयो

काठमाडौँ : अस्पतालले उपचार नगर्दा एम्बुलेन्स भित्रै बिरामीको मृत्यु भएको छ । उदयपुरबाट उपचारको लागि विराटनगर लगिएका कटारीका २३ बर्षीय पदम राईको शुक्रबार एम्बुलेन्सभित्रै मृत्यु भएको हो ।

उपचारको लागि कोशी अस्पताल पुर्याईएका राईलाई स्वासप्रश्वासमा समस्या भएको थियो । राईको श्वासप्रश्वास समस्या भएको कारण कोरोना परिक्षण गर्दा कोरोना रिपोट नेगेटिभ आएको छ । समयमै अस्पताल पुर्याएको भएपनि अस्पतालले उपचार गर्न नमानेपछि एम्बुलेन्स भित्रै मृत्यु भएको राईको आफन्तले बताएका छन् । अस्पतालले भने उनको अवस्था गम्भिर भएकोले धरान रिफर गरिसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :