नेपाल–भारत सिमामा भारतीयको दादागिरी

काठमाडौँ : नेपाल भारत सिमाक्षेत्रको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरीमाथि भारतीय पक्षले फेरी पनि आक्रमण गरेका छन् । नेपाल भारत सिमाक्षेत्रमा पर्ने रौतहटको परोहा नगरपालिका नरकटियामा शसस्त्र प्रहरीमाथि भारतीयले आक्रमण गरेका हुन् ।

शुक्रबार सीमा क्षेत्रमा ड्युटीमा खटिएका सशस्त्र प्रहरी बलका जवानहरुमाथि भारतीयहरुले आक्रमण गर्दा झडप समेत भएको थियो । कोरोना भाइरस संक्रमणका कारण सिमा नाका बन्द रहेकोबेला भारतीयहरु नेपाली भुमिमा प्रवेश गर्न खोजेपछि सशस्त्र प्रहरीले उनीहरुलाई राकेको थियो । प्रहरीले रोकेपछि भारतीयहरु हातपातमा उत्रीदा झडव भएको र भारतीयहरुको हसिया प्रहारबाट एक जना प्रहरी जवान घाइते समेत भएका छन् । नेपाल भारत सिमाक्षेत्रमा सिमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीमाथि भारतीयहरुले पटक पटक आक्रमण गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :