शिक्षकहरुलाई यथासिघ्र पुर्नवहाली गर्न संगठनको माग

काठमाडौँ : अखिल नेपाल शिक्षक संगठनले चितवनको माडी नगरपालिका १ बरुवास्थित सोमेश्वर माविका शिक्षकहरुलाई पुर्व जानकारी विना नै खालीहात निष्काशन गरेको भन्दै शिघ्र पद पुर्नवहाली गर्न माग गरेको छ ।

अखिल नेपाल शिक्षक संगठनका चितवन माडी नगर समितिका अध्यक्ष अशोक प्रकाश महतो र सचिव रविन्द्र अर्यालले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै विगत १२ बर्षदेखि कार्यरत मावि तृतीय श्रेणिमा आन्तरिक स्रोतबाट नियुक्ति गरिएका शिक्षकहरु कृष्णप्रसाद सापकोटा, यदुप्रसाद पौडेल र निमावि तृतीय श्रेणीका नवराज ढकाललाई विना जानकारी हटाएको भन्दै शिक्षक संगठनले आपत्ति जनाएको हो ।

शिक्षक संगठनले साउन १ गतेबाट लागु हुनेगरी गरिएको विद्यालय ब्यवस्थापन समिति र प्रशासनको अन्यायपूर्ण निर्णयप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । शिक्षकहरुलाई निःशर्त पद पुर्नवहाली नगरिए कडा संघर्षका कार्यक्रम सचालन गर्न बाध्यहुने जानकारी पनि विज्ञप्तिमा गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :