चेपाङका हत्यारालाई कार्वाही गर : नेकपा

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनले राजकुमार चेपाङको हत्यामा संलग्न दोषीमाथि कडा कार्वाहीको माग गरेको छ । जिल्ला इन्चार्ज सार्दुलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै साउन १ गते राप्ती नगरपालिका २ मिलनटोल वस्ने चेपाङ समुदायका बासिन्दाहरु निकुन्ज छेउमा गएको समयमा निकुन्ज प्रशासनले अनाहकमा मरणासन्न हुनेगरी कुटपिट गरेको उल्लेख गर्दै उक्त घटनाको छानविन गर्न माग गरेका छन् । नेकपाले उक्त घटनालाई अमानविय,अनैतिक र हिंस्रक भएको भन्दै विरोध तथा भत्र्सना गरेको छ ।

यसैबीच निकुन्जको सुरक्षार्थ खटिएको नेपाली सेनाले उक्त घटनाको छानविन गर्न तयार रहेको भन्दै आन्तरिक छानविन शुरु भएको बताएको छ । निकुन्जको सुरक्षार्थ खटिएको सेनाले स्थानियलाई निर्घात कुटेर घाइते बनाएको अवस्थामा उपचारको क्रममा मृृत्यु भएको भन्दै आलोचना भएपछि नेपाली सेनाले उक्त घटनाको छानविन गर्ने बताएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :