पार्टी नीति विपरीत काम गर्ने कार्यकर्ता कार्वाहीमा

काठमाडौँ :नेपाल कम्युनिस्ट पाटी मकवानपुरले आफ्नो पार्टीका जिल्ला सदस्य सोनाम सिहं बललाई पार्टीबाट निस्कासन गरेको छ । जिल्ला सेक्रेटरी पासाङले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टी नीति विपरीत कार्य गरेको भन्दै सोनाम बललाई पार्टीबाट निस्कासन गरिएको जानकारी गराएका हुन् ।

यही असार २४ ते राती मनहरी गाउँपालिका वडा नं ३ डोठे स्थित घरमै सुतिरहेको बेला प्रहरीले बललाई गिरफ्तार गरेको थियो । प्रहरी नियन्त्रणमा परेपछि स्वास्थ्यको कारण देखाउदै बलले जिल्ला प्रशासन कार्यालयमा आत्मसमर्पण गरेको हुँदा निस्कासन गर्नुपरेको पासाङको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :