विवादीत सर्वोच्चको फैसला सदनमा प्रवेश

काठमाडौँ : सर्वोच्च अदालतले आजीवन जेल सजाय भोगीरहेका पूर्व डिआईजी रञ्जन कोइरालालाई रिहाको आदेश दिएपछि अदालतको उक्त फैसलाको चौतर्फी आलोचना भएको छ । सर्वोच्च अदालतको उक्त फैसलाले सदनमा समेत प्रवेश पाएको छ । शुक्रबार १ नम्बर प्रदेशको प्रदेशसभा बैठकमा बोल्ने सांसदहरुले हत्यारालाई छाड्दा गलत नजिर स्थापित हुने भन्दै आपत्ती जनाएका छन्। कोइरालालाई रिहा गरेर सर्बोच्च अदालतले गलत नजिर स्थापित गरेको भन्दै सर्वोच्च अदालतको चौतर्फी आलोचना भएको हो । बिहिबार प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पूर्वडीआईजी कोइरालालाई यसअघिको सर्वस्वसहित जन्मकैदको फैसला उल्ट्याई आठ वर्ष ६ महिना सजाय कायम गरेको थियो ।

सर्बोच्च अदालतले पत्नि हत्याको अभियोगमा ८ वर्ष जेल बसेका प्रहरीका पुर्व डिआईजी कोइरालालाई बिहीबार सजाय छुट दिदै रिहाईको आदेश दिएको थियो । रञ्जन कोइराला रिहा भएकै दिन जन्मकैदको सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग सहित सर्वोच्चमै निवेदन दर्ता भैसकेको छ । जन्म कैदको सजाय भोगीरहेका ब्यक्तिलाई सजाय छुट दिने सर्वोच्च अदालतको फैसला पुनरावलोकनको माग गर्दै सर्वोच्चमै निवेदन दर्ता भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :