जनसरकारद्वारा सहिद परिवार र घाइतेहरूको सम्मान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीको जिल्ला जनसरकार हुम्लाले जनयुद्धका सहिद परिवार तथा घाइते योद्धाहरूको सम्मान गरेको छ । सयौँ जनताका बीचमा सहिद परिवार र घाइते योद्धाहरूलाई सम्मान गरिएको हो ।

सम्मान कार्यक्रममा हुम्ला जिल्ला जनसरकार प्रमुख प्रकाशले स्थानीय तहले विकास निर्माण तथा जनपक्षीय काम गर्नेभन्दा पनि कागज मिलान गरेर करोडौँ रकम अनियमितता गरिरहेको भन्दै सरकारी निकायले गरेको भ्रष्टाचारको आफ्नो जनसत्ताले अध्ययन गरिरहेको बताए । प्रकाशले त्यस्ता भ्रष्टहरूलाई कारबाही गरिने पनि बताए ।

बुधबार सम्पन्न कार्यक्रमा जनयुद्धका १२ जना सहिदका परिवार र ७ जना घाइते योद्धाहरूलाई सम्मान गरिएको थियो । एरिया इन्चार्ज शक्तिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला जनसरकार प्रमुख प्रकाश प्रमुख अतिथि थ्एि । कार्यक्रममा अखिल नेपाल किसान महासङ्घका केन्द्रीय सदस्य सगरमाथा, अखिल क्रान्तिकारीका काठमाडौँ उपाध्यक्ष मिमको पनि उपस्थिति रहेको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :