थबाङका क्रान्तिकारी नेता बर्मन बुढाको निधन

काठमाडौँ : जनयुद्धको आधार किल्ला रोल्पा, थबाङका एक क्रान्तिकारी नेता तथा पूर्वसांसद बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको छ । बुढाको ललितपुरको पाटन अस्पताल उपचारका क्रममा बुधबार बिहान साढे ४ बजे निधन भएको हो ।

नेपाली कम्युनिस्ट आन्दोलनका योद्धा बर्मन बुढाको सामन्तवादविरोधी कम्युनिस्ट आन्दोलनमा ठूलो योगदान रहेको छ । बर्मन बुढा २०४८ सालमा विजयी जनमोर्चाका ९ जना सांसदमध्ये एक थिए । त्यतिबेलाको संयुक्त जनमोर्चा नेपालका तर्फतबाट संसद्मा जनमोर्चाको नेतृत्व कृष्णबहादुर महराले गरेका थिए । जनयुद्धका क्रममा बुढाको परिवारमाथि पनि राज्यले ठूलो दमनचक्र चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :