जेल–हिरासत पर्ने विद्यार्थीको सम्मान


काठमाडौँ : अखिल क्रान्तिकारी उपत्यका ब्युरोले जेल र हिरासतबाट रिहा भएका विद्यार्थीहरूलाई सम्मान गरेको छ । क्रान्तिकारीको उपत्यका विशेष ब्युरोले विभिन्न समयमा गिरफ्तार भएर रिहा भएकाहरूलाई सम्मान गरेको हो ।

सङ्गठनका केन्द्रीय उपाध्यक्ष रुद्र भट्टराईले रिहा भएका विद्यार्थीहरूलाई सम्मान गर्दै नेपालको राजनीतिक परिवर्तनको इतिहासमा विद्यार्थीहरूको निर्णायक भूमिका रहेको बताए । उनले अहिले पनि निर्णायाक भूमिका निर्वाह गर्ने बेला आएको धारणा राखे । उपाध्यक्ष भट्टराईले अहिलेको संसदीय व्यवस्थाले नेपाली जनताका छोराछोरीको पहुँचमा शिक्षा पुग्न नसकेको भन्दै दलाल संसदीय व्यवस्थामा शिक्षा असमान हुने प्रस्ट पारे ।

सम्मान कार्यक्रमको अध्यक्षता गरेका सङ्गठनका केन्द्रीय सदस्य तथा उपत्यका संयोजक हर्कबहादुर विकले अहिलेको शिक्षामा दलालीकरण र माफियाकरण मौलाउँदै गएकाले जनताका छोराछोरीले सर्वसुलभ शिक्षा पाउने अवस्था नरहेको बताए ।

मङ्गलबार सम्पन्न कार्यक्रममा क्रान्तिकारीका काठमाडौँ संयोजक गोविन्द बिस्टले सञ्चालन र क्रान्तिकारीका ललितपुर अध्यक्ष अग्रीमले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा सहभागी जेल र हिरासत परेका विद्यार्थीहरूले नेल र हतकडीले आफूहरूको आस्था अझै जब्बर बनेको बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :