सेती–महाकाली बन्दको दिन ठाउँठाउँमा बम भेटिए


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सेती–महाकाली ब्युरोले आयोजना गरेको सेती–महाकाली बन्दको दिन कैलालीका बिभिन्न ठाउँमा बम भेटिएका छन् । कैलालीका विभिन्न स्थानमा भेटिएका ४ वटा बम नेपाली सेनाले डिस्पोज गरेको छ ।

बिहानै सुदूरपश्चिमको आर्थिक मामिला तथा योजना मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय, एनआईसी एसिया बैङ्क, एजीएस मेडिकल तथा अमित मेडिकोजलाई लक्ष्य गरेर राखिएका बम फेलापरेका थिए । ठाउँठाउँमा बम फेलापरेसँगै त्यस क्षेत्रमा बाक्लो मात्रामा सुरक्षाकर्मी परिचालित भएका थिए ।

बन्दका कारण आज सुदूरपश्चिम क्षेत्रका सबै जिल्लाहरू ठप्प भएका छन् । नेपाल कम्युनिस्ट पार्टीका सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन र महिला नेत्री पूर्णिमा धामीलाई प्रहरीले यही असार ३१ गते कैलालीको फूलबारीबाट गिरफ्तार गरेपछि नेकपाले सेती–महाकाली बन्द आह्वान गरेको थियो । नेकपाले ७ र ८ गते सरकारी सवारी साधनमाथि पनि प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :