अखिल (क्रान्तिकारी) का अध्यक्ष सहित डेढ दर्जन पक्राउ

purna singh

अखिल (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष पूर्णवहादुर सिंह लगायत विद्यार्थी नेताहरुलाई आज काठमाडौंको कलंकीबाट गिरफ्तार गरेको छ । सिंहसँगै क्रान्तिकारीका केन्द्रीय सचिवालय सदस्य लोकेश विश्वकर्मा, भीष्मकुमार शाही र टंक जोसी पनि पक्राउ पर्नुभएको छ । यस्तै केन्द्रीय सदस्यहरु गोरखबहादुर शाही, नवीन उपाध्याय, गणतान्त्रिक खेलकुद महासंघका पुरुषोत्तम बुढाथोकी र अखिल क्रान्तिकारीकै प्रज्वल शाही, प्रकाश कठायत हुनुहुन्छ । पक्राउ गरिएका ९ जना विद्यार्थीलाई कालिमाटीमा राखिएको छ । यसैबीच गणतान्त्रिक सम्पर्क मञ्चका केन्द्रीय उपाध्यक्ष द्वय सुरेश अधिकारी र उद्धव पौडेल, सदस्यहरु अर्जुन कटवाल, विक्रम पौडेललाई पनि काडमाडौंको भृकुटीमण्डपबाट प्रहरीले गिरफ्तार गरेको छ । यस्तै गणतान्त्रिक सम्पर्क मञ्चकै सदस्यहरु परमेश्वर जोसी, टीकाराम चौधरी, दानबहादुर कुमाल, राजु कार्की र निरज सुवेदीलाई पनि काठमाण्डौंको बागबजारदेखि गिरफ्तार गरिएको छ । यसैबीच गणतान्त्रिक सम्पर्क मञ्चका रामेछाप जिल्ला संयोजक जीवन बडुवाललाई पक्राउ गरेको छ । यस्तै काठमाण्डौं नैकापबाट दीपक बानीया र विकास लामालाई पनि पक्राउ गरेको छ । यसैबीच सोमबार साँझ बालाजुबाट अभिन पाठक र जीवनलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :