केरुङ च्छो ताल फुटे अकल्पनीय क्षति हुने खतरा

काठमाडौँ : अविरल वर्षापछि तिब्बतको केरुङ च्छो तालमा अत्यधिक पानी जम्मा भएपछि उक्त ताल फुट्नसक्ने भन्दै सचेत रहन चीनले सावधान गराएको छ । उक्त ताल फुटेमा नेपालको भोटेकोसीमा पानीको बहाव उच्च हुने र त्यसले पुर्याउने क्षति अकल्पनीय रहेको भन्दै चीनले नेपाललाई सचेत रहन जानकारी गराएको हो । चिनियाँ पक्षले नेपाली पक्षलाई दिएको जानकारीअनुसार चिनियाँ भूगोलमा रहेको उक्त ताल फुटेमा त्यसको असर सप्तकोसीआसपासका बस्तीसम्ममा पर्नेछ जसबाट अकल्पनीय क्षति हुन सक्नेछ ।

पहिरोले पुरेर तीनजनाको मृत्यु

यसैबीच धादिङमा पहिरोले पुरेर एकै परिवारका तीनजनाको मृत्यु भएको समाचार प्राप्त भएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका ६ गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड छन् । अविरल वर्षापछि राती आएको पहिरोमा परी उनीहरूको ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :