नगरपालिकाको गाडी, आगोले खरानी

काठमाडौँ : कैलालीस्थित घोडाघोडी नगरपालिकाको गाडीमा आगो लागेर खरानी भएको छ । नगरपालिकाको स्कार्पियो गाडीमा सोमबार राती आगो लगाइएको हो ।

घरको कम्पाउडभित्र पार्किङ गरी राखिएको से १ झ २४१ नं को गाडीमा परिचय खुल्न नसकेको शक्तिले आगो लगाएको हो । इलाका प्रहरी कार्यालय सुखडले पनि आगो लगाउनेको परिचय खुलिनसकेको जनाएको छ ।

उक्त गाडी नगरपालिकाकी उपप्रमुखले प्रयोग गर्दै आएकी थिइन् । आगो लगाइँदा गाडीको पछाडिपट्टिको भाग पूरै जलेको छ । सँगै राखिएको नगरप्रमुख चढ्ने गाडीमा पनि क्षति पुगेको बताइएको छ । आगो कसले लगाएको हो भन्ने बिहानसम्म खुलेको छैन ।

स्मरणीय छ, नेकपाका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनलगायत नेताहरूको गिरफ्तारी र झूट्टा मुद्दाविरुद्ध आज नेकपाले सेती–महाकाली बन्दको घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :