पार्टी अनुशासनविपरीत चलेका राई नेकपाबाट निष्कासित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी ललितपुरले आफ्नो पार्टीका जिल्ला सदस्य जीवन राईलाई कारबाही गरेको छ । नेकपाकी जिल्ला सेक्रेटरी विदुषीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै पार्टीनीति र पद्धतिविपरीत कार्य गरेको भन्दै राईलाई पार्टी साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरिएको जनाएकी छिन् ।

विदुषीको विज्ञप्तिमा जीवन राईले गर्ने कुनै पनि गतिविधि आधिकारिक नभएको भन्दै उनको कुनै पनि हर्कतको भरमा नपर्न आमजनसमुदायमा अनुरोध गरिएको छ ।

विदुषीको विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो पार्टीका जिल्ला सदस्य जीवनलाई पार्टीको नीति तथा अनुशासनमा नबस्ने, अराजक गतिविधि गर्ने, आर्थिक हिनामिना गर्नेजस्ता गतिविधि गरेको कारण पार्टीले विगत ६ महिनादेखि निलम्बन गरेको थियो । यो निलम्बनको समयमा अनुशासन र पद्धतिमा बस्नुको साटो उनमा अझ झन् अराजक गतिविधि बढ्दै गएका कारण हाम्रो पार्टीको साधारण सदस्य पनि नरहने गरी पार्टीबाट अनिश्चितकालका लागि निष्कासन गरिएको छ । साथै उनले गर्ने कुनै पनि गतिविधि आधिकारिक नभएको र उनको कुनै पनि हर्कतको भ्रममा नपर्न आमजनसमुदायहरूमा हार्दिक अनुरोध गर्दछु । साथै आउँदा दिनहरूमा उनले पार्टीसँग सम्बन्धित कुनै पनि गतिविधि गरेमा सम्बन्धित पार्टी निकायमा खबर गरी सहयोग गरिदिनहुन हार्दिक अनुरोध गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :