बन्दको दिन ठाँउ–ठाँउमा विष्फोट

बिनाकारण आफ्ना नेता कार्यकर्ताहरुलाई गिरफ्तार गरी हिरासतमा राखेको भन्दै नेकपाले आह्वान गरेको नेपालबन्दको दिन विभिन्न ठाँउहरुमा बम बिष्फोट भएको समाचार छ । रुपन्देहीको बुटवलको मिलनचोकमा बिहानै बम बिष्फोट भएको छ । यस्तै पाल्पाको रामपुर र तानसेनमा पनि विहानै शक्तिशाली बम बिष्फोट भएको छ, बिष्फोटबाट कुनै मानविय क्षती भने नभएको वताएको छ । यस्तै नवलपरासीको दुई स्थानमा पनि बम विष्फोट भएको खवर छ ।

FILE - In this film publicity file image released by Summit Entertainment, Jeremy Renner is shown in a scene from, "The Hurt Locker."  (AP Photo/Summit Entertainment)

 

बम विष्फोट भएका स्थानहरुमा व्यापकरुमा प्रहरी पहिचान गरिएको वताइएको छ । बन्दको दिन विहानै देखि विराटनगर, धरान, धनकुटा, इटहरी, विर्तामोड, दमक, जनकपुर, हेटांैडा, विरगंज, नारायणगढ, पोखरा, बुटवल, दाङ नेपालगन्ज, धनगढी र महेन्द्रनगर लगायतका ठूला शहरहरु बन्द रहेका छन् । बन्दको कारण लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैनन । उपत्यकामा बन्दको प्रभाव कम परेपनि देशव्यापीरुपमा बन्दको प्रभाव अत्याधिक परेको खवरहरु प्राप्त भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :