शक्तिको आडमा हडपिएको सार्वजनिक जग्गा जनसरकारद्वारा कब्जा


काठमाडौँ : थारुवान स्वायत्त प्रदेशअन्तर्गत जनपरिषद् नेपाल बाँकेले कोहलपुरमा रहेको सार्वजनिक जग्गामा भूमाफियाहरूले सत्ताको पहुँच र शक्तिका आधारमा लुटखसोट गरेको भन्दै उक्त जग्गा कब्जा गरेको छ ।

जिल्ला जनपरिषद् बाँकेका प्रमुख परिवर्तनले आइतबार प्रेस विज्ञप्ति गर्दै कोहलपुर ४ किरण नालाको पूर्व–पश्चिम राजमार्गको दक्षिणतर्फ रहेको करोडौँ मूल्य पर्ने राज्यको ६ बिघा सार्वजनिक जमिन (कित्ता नम्बर ७७, ७८ र ७९) मा भूमाफियाहरूले चलखेल गरेकाले कब्जा गरिएको जनाएका छन् ।

जनविरोधी, दलाल र सूदखोरहरूले शक्ति र पैसाको बलमा सार्वजनिक जग्गा हडपेको भन्दै उक्त जग्गामा कुनै प्रकारको चलखेल नगर्न सम्बन्धित सरोकारवालाको ध्यानाकर्षण पनि गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्