सडक निर्माणमा खटिएका ७ सहित ८ जनाको दुर्घटनामा मृत्यु

काठमाडौँ : आइतबार बिहानै भएका छुट्टाछुट्टै सडक दुर्घटनामा ८ जनाको मृत्यु भएको छ । प्युठान र अर्घाखाँचीमा भएका दुई दुर्घटना परी ८ जनाको ज्यान गएको हो । प्युठानमा भएको ट्याक्टर दुर्घटनामा परी ७ जना सडक मजदुरको मृत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका रुमालेमा भएको लु २ च ४२३४ नम्बरको ट्याक्टर दुर्घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

दुर्घटनामा परी मृत्यु हुनेहरूमा भिङ्ग्री–स्वर्गद्वारी सडकखण्डमा निर्माणमा खटिएका मजदुरहरू रहेका छन् । उनीहरू भिङ्ग्रीमा सडक निर्माणमा खटिएका थिए । मृत्यु हुनेमा रोल्पा रुन्टीगढी गाउँपालिका ५ का २१ वर्षीय सागर बस्नेत, २४ वर्षीय रिमबहादुर बस्नेत, १९ वर्षीय वीरेन्द्र बाठामगर, १९ वर्षीय थमन बाठामगर, २५ वर्षीय कविराम बस्नेत, रोल्पाकै त्रिवेणी गाउँपालिकाका चालक २५ वर्षीय कमल कुँवर र गोवद्र्धन बुढामगर छन् ।

धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको उक्त ट्याक्टरमा आठजना चढेका थिए । तीमध्ये रोल्पाका विशाल थापा मात्र हामफालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ ।

यस्तै काठमाडौँबाट अर्घाखाँचीको सन्धिखर्च जाँदै गरेको जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :