साउन ६ गते सुदूरपश्चिम प्रदेश बन्द सफल पार्न नेकपाको आह्वान

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी बैतडीले शान्तिपूर्ण तरिकाले जनसेवाका काममा सहभागी भइरहँदा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुन, ब्युरो सदस्य पूर्णिमा धामी तथा विगत ६ महिना लामो समयदेखि बैतडी जिल्लाको गैरन्यायिक हिरासतमा रहेका युवा सङ्गठन नेपालका तत्कालीन जिल्ला अध्यक्ष लोकेश धामी र करण ऐरलाई तत्काल ससम्मान रिहाइको माग गरेको छ । जिल्ला इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनले विज्ञप्ति जारी गर्दै उक्त माग गरेका हुन् ।

जिल्ला इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनद्वारा जारी विज्ञप्तिमा नचाहँदानचाहँदै पनि सरकारले प्रतिरोध सङ्घर्ष घोषणा गर्न बाध्य बनाएको उल्लेख गर्दै साउन ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सुदूरपश्चिम प्रदेश बन्द र ७–८ गते सरकारी सवारी साधनहरूमाथिको प्रतिबन्धलगायत कार्यक्रम घोषणा गरिएको छ । साथै बन्दका कारण पर्न जाने असुविधाप्रति दुःख व्यक्त गर्दै बन्द उल्लङ्घनका क्रममा हुन जाने क्षतिको जिम्मेवारी स्वयम् उल्लङ्घनकर्ता रहने विज्ञप्तिमा जनइाएको छ ।

इन्चार्ज किरण र सेक्रेटरी परिवर्तनद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सर्वहारा वर्गको अग्रदस्ता हाम्रो महान् तथा गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी वर्तमान समयमा कोभिड १९, बाढीपहिरोका कारण आक्रान्त आमनेपाली जनताका बीचमा सचेतना, मनोवैज्ञानिक परामर्श, उद्धार, राहत वितरण र मर्मतकार्यमा अहोरात्र लागिपरेको सवै पक्षमा अवगत गराउँछौँ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘शान्तिपूर्ण तरिकाले जनसेवाका काममा सहभागी भइरहँदा पनि उत्तरसाम्राज्यवादी कठपुतली केपी वली दलाल मण्डली नेतृत्वको सामाजिक फासिवादी सरकार हाम्राविरुद्ध आधारभूत लोकतान्त्रिक मूल्य, मान्यता र अवधारणाको समेत धज्जी उडाउँदै अमानवीय, गैरन्यायिक ढङ्गले दमन, गिरफ्तारी, धरपकड र झूट्टा मुद्दा लगाउने षड्यन्त्रमा उद्यत देखिन्छ । यी आपराधिक, अराजनीतिक उच्छृङ्खल क्रियाकलापहरूको घोर भत्र्सना गर्दै यही असार ३१ गते गिरफ्तार गरिएका हाम्रो पार्टीका आदरणीय केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरो इन्चार्ज क. ओमप्रकाश पुन, ब्युरो सदस्य क. पूर्णिमा तथा विगत ६ महिना लामो समयदेखि बैतडी जिल्लाको गैरन्यायिक हिरासतमा रहनुभएका युवा सङ्गठन नेपालका तत्कालीन जिल्ला अध्यक्ष क. लोकेश धामी र करण ऐरलाई तत्काल ससम्मान रिहाइको माग गर्दछौँ ।’

इन्चार्ज र सेक्रेटरीको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘हामीले नचाहँदानचाहँदै पनि दलाल सामाजिक फासिवादी सरकारले प्रतिरोध सङ्घर्षका कार्यक्रमहरू घोषणा गर्न बाध्य बनाएको छ जसअन्तर्गत क्रमशः साउन ४ गते कोणसभा, ५ गते मशाल जुलुस, ६ गते सुदूरपश्चिम प्रदेश बन्द र ७–८ गते सरकारी सवारी साधनहरूमाथिको प्रतिबन्ध कार्यक्रम सफलताका साथ सम्पन्न पार्नका लागि किसान, मजदुर, युवा, विद्यार्थी, व्यापारी, व्यवसायी, शिक्षक, बुद्धिजीवी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार मित्रहरूलगायत सम्पूर्ण देशभक्त राष्ट्रवादी, प्रगतिशील व्यक्तित्वहरूमा हार्दिक आग्रह गर्दछौँ । साथै बन्दका कारण पर्न जाने असुविधाप्रति दुःख व्यक्त गर्दै बन्द उल्लङ्घनका क्रममा हुन जाने क्षतिको जिम्मेवारी स्वयम् उल्लङ्घनकर्ता रहने जानकारीसमेत यसै विज्ञप्तिमार्फत गराउन चाहन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :