केन्द्रीय सदस्य बललाई बिनासर्त तत्काल रिहा गर : युवा सङ्गठन

काठमाडौँ : युवा सङ्गठन नेपालले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य सोनामसिंह बललाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहाइको माग गरेको छ ।

बललाई असार २४ गते राती मकवानपुरको मनहरी नगरपालिका वडा नम्बर ३ स्थित आफ्नै निवासबाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको र हालसम्म पनि रिहा नगरेकाले केन्द्रीय समितिको ध्यानाकर्षण भएको भन्दै सङ्गठनले सरकारी क्रियाकलापको घोर निन्दा एवम् भत्र्सना गरेको छ ।

सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेशले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना कहरले जनजीवन अस्तव्यस्त बनेको समयमा सामाजिक फासिवादी सरकारले सामान्य मानवीय चेत नै नराखी गिरफ्तार गर्नु अमानवीय कार्य भएको बताएका छन् ।

उपाध्यक्ष दिनेशको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्र र जनताका लागि लड्ने क्रान्तिकारीहरूलाई राष्ट्रघाती दलालहरूको राज्यआतङ्क, गिरफ्तारी, जेल र यातनाले गलाउने र थकाउने छैन, बरु एकीकृत जनक्रान्तिले झन् स्पातिलो र चट्टानी बन्नेछन् । गिरफ्तारीमा पर्नुभएका कमरेड सोनामलाई बिनासर्त ससम्मान यथाशीघ्र रिहा गर्न सङ्गठन जोडदार माग गर्दछ । अन्यथा उत्पन्न हुने परिस्थितिको स्वयम् दलाल राज्य जिम्मेवार हुनुपर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :