सत्ताधारी नेकपाका नेता–कार्यकर्ता विद्रोही नेकपामा प्रवेश


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो इन्चार्ज ओमप्रकाश पुनलाई प्रहरीले गिरफ्तार गरेकै दिन सत्ताधारी नेकपाका नेता–कार्यकर्ता भने सरकारी पार्टीबाट विद्रोह गरी विद्रोही नेकपामा प्रवेश गरेका छन् ।

कैलालीको फूलबारीबाट नेकपाका नेता पुन र उनकी श्रीमती पूर्णिमालाई प्रहरीले गिरफ्तार गरेकै दिन बुधबार कैलालीमा सरकारी नेकपाका रामकुमार, सूर्य, बैजनाथ, मनोज, पुष्कर, कृष्णदयाल, रेगन कठरिया, रामप्रकाश, विराज, देवराजलगायत नेता–कार्यकर्ता विद्रोही नेकपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरूलाई नेपाल कम्युनिस्ट पार्टी कैलालीका नेताहरूले स्वागत गरेका थिए ।

यसअघि पनि कैलालीका विभिन्न ठाउँबाट सत्ताधारी नेकपाका सयाैँ नेता–कार्यकर्ता विद्रोही नेकपामा प्रवेश गरेका थिए । विद्रोही नेकपामा प्रवेश गर्नेहरूले सत्ताधारी नेकपा संसदीय भासमा पतन भएको, कम्युनिस्ट मूल्य–मान्यताविपरीत काम गरेकाले आफूहरू उक्त पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :