वैकल्पिक सिकाइ अनलाइन कक्षा आजबाट बन्द

काठमाडाैँ : कोरोना सङ्क्रमण र बन्दाबन्दीको समयमा वैकल्पिक सिकाइ विधिका रूपमा सुरु गरिएको अनलाइन कक्षा प्रभावकारी नभएको र देशभरिका सबै विद्यार्थीको पहँुच पुग्न नसकेको भन्दै चर्को विरोध भएपछि निजी विद्यालयहरूले बिहीबारबाट अनलाइन कक्षा बन्द गरेका छन् । कोरोना महामारीका कारण विद्यालयहरू सञ्चालनमा आउन नसकेपछि वैकल्पिक व्यवस्थाका लागि भनिएको अनलाइन कक्षा चौतर्फी विरोध र आन्दोलनपछि बन्द गरिएको हो ।

निजी विद्यालयहरूका छाता सङ्गठन प्याब्सन र एनप्याब्सनले प्रेस विज्ञप्ति जारी गर्दै अनलाइन कक्षा बन्द हुने जानकारी गराएका हुन् । यसअघि नेकपा निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले असमान सिकाइ भएको भन्दै अनलाइन कक्षा बन्द गर्न र बन्दाबन्दीको समयमा अनलाइन कक्षाका नाममा लिइएको शुल्क फिर्ता गर्न र शुल्क नअसुल्न दबाब दिँदै आन्दोलन गर्दै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :