बाढिपहिरो पीडितलाई राहत उद्दारमा नेकपा

काठमाडौँ : नेकपा स्याङजाले बाढि पहिरोमा परि बेपत्ता भएका जनताको शिघ्र उद्दार, घाइतेहरुको निःशुल्क उपचार, मृतकका आफन्त एवंम् पीडित जनतालाई राहतको व्यवस्था गर्न र घरबार विहीन जनताको पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

जिल्ला सेक्रेटरी सागरले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टी पंतिलाई पनि राहत तथा उद्दार एवं बाढि पहिरो पीडित जनतलाई सहयोग गर्न आग्रह गरेका छन् ।

सागरको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली जनता कोरोना भाइरसको आक्रमण, आतंक र क्षतिकाविरुद्ध जीवनमरणको संघर्ष गरिरहेको बेला गत हप्ताबाट सुरु भएको अविरल बर्षाका कारण पहिरोमा परि स्याङ्जा जिल्लाको कालीगण्डकी वडा नं. ३ र ४मा गएको खहरेको पहिरोमा परि ३ जनाले ज्यान गुमाउनु परेको र थप एक जना वेपत्ता भएको छ भने २ जना उपचारमा हुनुहुन्छ, सर्वप्रथम त ज्यान गुमाउनेहरुप्रति हाम्रो नेपाल कम्युनिस्ट पार्टी दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । उहाँहरुको आफन्तहरुप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ । असुरक्षित आवासमा दैनिक गुजारा चलाउन विवस आम नेपाली जनतालाई आफै उच्च सर्तकता कायम गर्न आग्रह गर्दै पार्टी, नेता र कार्यकर्तालाई पीडित जनताको उद्दार र राहत जस्ता जनसेवाको कार्यमा जुट्न स्याङ्जा पार्टी निर्देश गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :