नेता पुनलाई हातहतियार मुद्दामा फसाउन खोजियो : नेकपा

काठमाडौँ : कैलालीको धनगढीबाट बुधबार बिहान गिरफ्तार गरिएका नेपाल कम्युनिस्ट पार्टीका नेता ओमप्रकाश पुन र महिला नेत्री पूर्णिमा धामीलाई सरकारले हातहतियारको झूट्टा मुद्दा चलाउने प्रयास गरिरहेको भन्दै नेकपाले आपत्ति जनाएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका डँडेल्धुरा जिल्ला सेक्रेटरी विजयले बुधबारै प्रेस विज्ञप्ति जारी गर्दै नेकपा नेता पुन र नेत्री धामीलाई जनताको घरआँगनमा बिरामी आफन्तलाई भेट्न गएको बेलामा निःशस्त्र अवस्थामा लखेटीलखेटी गिरफ्तार गरेको भए पनि नक्कली हतियार भिराएर हातहतियारको मुद्दामा फसाउन खोजेको बताएका छन् ।

जिल्ला सेक्रेटरी विजयको विज्ञप्तिमा प्रशासनको उक्त कार्य अमानवीय भएकाले मानवअधिकारवादी, पत्रकार र कानुन व्यवसायीलाई न्यायका पक्षमा आवाज उठाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :