‘नेकपाका नाममा जुम्लाबाट जारी विज्ञप्ति आधिकारिक होइन’

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी भेरी–कर्णाली ब्युरोले असार २९ गते जुम्लामा आफ्नो पार्टीको नामबाट विज्ञप्ति जारी भएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । भेरी–कर्णाली ब्युरो इन्चार्ज रविले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको ब्युरो सदस्य भनिएका रविकिरण, जुम्ला जिल्ला सदस्य भनिएका तीर्थलगायत व्यक्तिहरूका नाममा प्रेषित विज्ञप्ति आफ्नो पार्टीको आधिकारिक नभएको बताएका हुन् ।

भेरी–कर्णाली ब्युरो इन्चार्ज रविले नेकपाका नाममा प्रेस विज्ञप्ति जारी गर्ने व्यक्तिहरूले पार्टीको नीति, विधि, पद्धतिविपरीत काम गरेका कारण यसअघि नै पार्टीबाट निष्कासन गरिसकेको जानकारी पनि दिएका छन् । पार्टी कारबाहीमा परेकाहरूले आफ्नो विचलन ढाकछोप गर्नका लागि गरेका प्रयत्नबाहेक अरू केही नभएको भन्दै ब्युरो इन्चार्ज रविको विज्ञप्तिमा अनधिकृत रूपमा गरिएको भ्रमपूर्ण प्रचारबाजीबाट कोही पनि भ्रमित नहुन सबैलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :