महिला नेत्री पूर्णिमालाई बिनासर्त रिहा गर्न अनेमसङ्घ क्रान्तिकारीको माग

काठमाडौँ : अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीले केन्द्रीय सदस्य तथा सेती–महाकाली क्षेत्रीय समिति संयोजक पूर्णिमा धामीलाई गिरफ्तार गरिएको घटनाप्रति विरोध तथा भत्र्सना गर्दै बिनासर्त रिहाइको माग गरेको छ ।

अनेमसङ्घ क्रान्तिकारीकी केन्द्रीय संयोजक सविता तामाङले प्रेस विज्ञप्ति जारी गर्दै विश्व नै कोरोनाको चपेटामा परिरहेको सन्दर्भमा सरकारले आफ्नो सङ्गठनका नेता–कार्यकर्तालाई गिरफ्तार गरेको भन्दै बिनासर्त रिहा गर्न माग गरेकी हुन् । संयोजक तामाङको विज्ञप्तिमा सामान्य लोकतन्त्र, मानवअधिकार र आफैँले भनेको कानुनी राज्यको समेत सरकारले खिल्ली उडाएको उल्लेख छ ।

बुधबार जारी विज्ञप्तिमा जायज राजनीतिक माग र आन्दोलनलाई हत्या, दमन, गिरफ्तारी र झूट्टा मुद्दाले रोक्न नसक्ने भन्दै आन्दोलन झन् स्पात बनेर अघि बढ्ने उल्लेख छ ।

अनेमसङ्घकी केन्द्रीय सदस्य तथा सेती–महाकाली ब्युरो संयोजक रहेकी पूर्णिमालाई प्रहरीले नेकपाका नेता ओमप्रकाश पुनसँगै बुधबार बिहान कैलालीबाट गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :