होटेल मालिकसँग पैसा लिई आन्दोलनमा भाँजो हालेको भन्दै ट्रेड युनियन महासङ्घले दियो चेतावनी


काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले होटेल सङ्घ नेपाल केन्द्रीय समितिलाई पत्र लेखी सम्झौता खारेज गरेर मजदुरहरूको तोकिएको तलबसुविधा तत्काल उपलब्ध गराउन माग गरेको छ । महासङ्घका संयोजक विनोद थापाले बुधबार विज्ञप्ति जारी असार २८ गते ‘होटेल सङ्घ नेपाल र सम्बन्धित निकायबीच भएको सहमति’ भनी सार्वजनिक भएको समाचारप्रति महासङ्घको गम्भीर ध्यानाकर्षण भएकाले होटेल मालिकसँग पैसा लिई आन्दोलनमा भाँजो हाल्नेहरूलाई सचेत रहन चेतावनी पनि दिएका छन् ।

थापाले विज्ञप्तिमा श्रमिकहरूका नाममा खोलिएका सरकार र प्रतिपक्षी दल निकट केही सङ्गठनका नेताहरूले तारे होटेलसँग गरेको भनिएको सहमति नेपाल सरकारले २०७६/१२/९ मा प्रकाशित गरेको प्रावधान, नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको २०७७/३/७ को पारिश्रमिक भुक्तानी गरेको विवरण पेस गर्न दिएको निर्देशनविरुद्ध र होटेल श्रमिकहरूको पेटमा लात हान्ने कदम भएको उल्लेख गरेका छन् ।

थापाको विज्ञप्तिमा होटेल सङ्घले उक्त सहमतिलाई तुरुन्त खारेज गरी श्रमिकको हकमा निर्णय गरी लागू गर्न जोडदार माग गरिएको छ । अन्यथा उत्पीडनमा परेका होटेल श्रमिकहरूसहित आन्दोलन गर्न बाध्य हुने चेतावनी पनि दिइएको छ । उनले भनेका छन्, ‘श्रमिकको पेटमा लात हानी होटेल मालिकहरूसँग पैसा लिई आन्दोलनमा भाँजो हाल्ने कथित मजदुर नेताहरू पनि सचेत रहन चेतावनी दिन्छौँ ।’विज्ञप्तिको पूर्णपाठ….

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :