बिरामी छोरालाई औषधी लिएर भिज्दै घर पुगेका युवा नेता सेढाईंलाई लखेटीलखेटी गिरफ्तार


काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी चितवनले बिरामी छोरालाई औषधी लिएर भिज्दै घर पुगेका युवा सङ्गठन चितवनका संयोजक राम सेढाईंलाई भिजेको कपडा फेर्नसमेत नदिई प्रहरीले खेतमा लखेटीलखेटी गिरफ्तार गरेको भन्दै यसप्रकारको अमानवीय कार्यप्रति घोर निन्दा एवम् भत्र्सना गरेको छ । पार्टीका जिल्ला इन्चार्ज शार्दूलले विज्ञप्ति जारी गरी गिरफ्तार युवा नेता सेढाईंलाई बिनासर्त तत्काल रिहा नगरिए सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी पनि दिएका छन् ।

इन्चार्ज शार्दूलले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला मुलुक विश्वव्यापी प्रकोपका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) र एक सातादेखिको अविरल वर्षाका कारण आएको बाढी र पहिरोले गर्दा दर्जनौँ मानिसको मृत्यु र हजारौँ जनता घरबारविहीन भएका छन् । कोरोना भाइरस (कोभिड १९) को सङ्क्रमण तीव्र गतिमा बढेको छ जसका कारण करोडौँ जनताको जीवन अस्तव्यस्त भएको छ । सामाजिक दलाल फासिवादी सरकार पद र पैसाका लागि स्वार्थको लुछाचुँडी गरिरहेको छ । जनता र राष्ट्रले बेहोर्नु परेको पीडाप्रति दलाल सरकार संवेदनशील छैन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘कोभिड १९ र बाढीपहिरोले कठिन जीवन बिताइरहेका जनतामाथि दलाल सरकार दमन र धरपकड गरिरहेको छ । हाम्रो पार्टीले गत चैतमा कोरोना भाइरसका विरुद्ध लड्न पार्टीका तर्फबाट सङ्घर्षका सबै कार्यक्रम स्थगित गरी सबैमा सहकार्यको अपिल गरेका थियो । जनता र राष्ट्रप्रतिको हाम्रो पार्टीको जिम्मेवारीबोधका विरुद्ध दलाल सरकार हाम्रा नेता–कार्यकर्तालाई गिरफ्तार गर्न लागिरहेको छ ।’

शार्दूलको विज्ञप्तिको अन्त्यमा भनिएको छ, ‘यही क्रममा २०७७ असार ३१ गते बेलुका ५ः३० बजे पानीमा भिज्दै बिरामी छोरालाई औषधी लिएर घर पुगेका युवा सङ्गठन चितवनका संयोजक राम सेढाईंलाई भिजेको कपडा फेर्नसमेत नदिई खेतमा लखेटीलखेटी दलाल सरकारको निर्देशनमा चितवन प्रहरीले गिरफ्तार गरेको छ । दलाल सरकारको यो अमानवीय र आपराधिक हर्कतको हाम्रो पार्टी घोर भत्र्सना र विरोध गर्दछ । निर्दोष गिरफ्तार गरिएका युवा सङ्गठनका संयोजक राम सेढाईंलाई बिनासर्त रिहाइको माग गर्दछ । हाम्रो अनुरोधलाई बेवास्ता गरी रिहा नगरिए दलाल सरकारले ठूलो मूल्य चुकाउनुपर्ने हाम्रो पार्टी यही प्रेस विज्ञप्तिमार्फत चेतावनी दिन्छ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :