भरतपुर प्रकरणः फेरि सर्यो

chitawan mapकाठमाडौं / असार २६ : भरतपुर महानगरपालिकाको पुनः मतदान वा पुनः मतगणना सम्बन्धी विवादको टुंगो लगाउन सर्वोच्च अदालतमा सोमबारको सुनुवाई स्थगित भएको छ ।
न्यायाधीशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा भरतपुर प्रकरणको सुनुवाईको पेशी तोकिएको थियो । तर, हेर्न नभ्याइने भन्दै साउन २ गतेका लागि सारिएको अधिवक्ता एकराज भण्डारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :