बन्द सफल पार्न नेकपाको अपील

prakanda 1काठमाडौं / असार २६ :  नेकपाका प्रवक्ता प्रकाण्डले भोली (असार २७ गते) को नेपाल बन्द सफल पार्न सम्पूर्ण जनसमुदायमा अपील गर्नु भएको छ । सोमबार अपरान्ह ई–रातो खबरसँग कुरा गर्दै उक्त भनाई व्यक्त गर्नु भएको हो । उहाँले पार्टीका केन्द्रीय सदस्य तथा मेची ब्युरो इञ्चार्ज क.सुमन र झापा जिल्ला सेक्रेटरी क.तारा थापालाई झुठ्ठा मुद्दामा फसाउने षड्यन्त्रपूर्ण झापाबाट रौंतहडको चन्द्रनिगाहपुर ल्याएको छ । सर्लाहीबाट सिन्धुली आउदै गर्दा बीच बाटोमा गिरफ्तार गरिएका पार्टी केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इञ्चार्ज क.सन्देशलाई खरखजना मुद्दा लगाइएको बताउनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :