पार्टीमाथि गद्दारी गर्ने नेकपा मकवानपुरका जिल्ला सदस्य गौतम निष्कासित

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जिल्ला सचिवालय सदस्य तथा बागमती गाउँपालिकाका सेक्रेटरी प्रह्लाद गौतलाई पार्टीबाट निष्कासन गरेको छ ।

जिल्ला सेक्रेटरी पासाङले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै प्रहरी नियन्त्रणमा परेपछि पार्टी, क्रान्ति, नीति र विधिविपरीत आत्मसमर्पण गरेको भन्दै निष्कासन गरिएको जनाएका छन् ।

गौतमलाई प्रहरीले असार २७ गते राती घरमै सुतिरहेको बेला गिरफ्तार गरेको थियो । प्रहरी हिरासतमा परेपछि गौतमले आत्ससमर्पण गरेको र पार्टीमाथि गद्दारी गरेको भन्दै पार्टीले कारबाही गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :