वलीको बोलीमाथि परराष्ट्रको स्पष्टीकरण

काठमाडौं : राम जन्मभूमिबारे प्रधानमन्त्री केपी शर्मा वलीको भनाइको सर्वत्र आलोचना भएपछि परराष्ट्र मन्त्रालयले अयोध्याबारे वलीको अभिव्यक्तिबारे स्पष्टीकरण दिएको छ ।

मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको स्पष्टीकरण दिएको हो ।

प्रधानमन्त्री वलीले भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्तीका अवसरमा बालुवाटारमा सोमबार आयोजित कार्यक्रममा ‘भगवान्’ रामको जन्म नेपालकै वीरगन्जको ठोरीमा भएको र अयोध्या पनि नेपालमै भएको दाबी गर्दै भारतले नक्कली अयोध्या खडा गरी नेपालमाथि सांस्कृतिक हमला गरेको बताएका थिए ।

प्रधानमन्त्रीको उक्त भनाइले नेपाल र भारतमा तरङ्ग उत्पन्न गरेको छ । नेपालमा पनि यसको चौतर्फी टिप्पणी भएको बेला पराराष्ट्र मन्त्रलायले स्पष्टीकरण दिएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :