नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार नाघ्यो

काठमाडौँ : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार नाघेको छ । मङ्गलबार १ सय १६ जनामा कोरोना पुष्स्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १७ हजार ६१ पुगेको हो । यस्तै कोरोना जितेर आइसोलेसनबाट डिस्चार्ज हुनेको सङ्ख्या १० हजार ३ सय २८ पुगेको छ । कोरोना सङ्क्रमण निको हुने दर ६०.५३ प्रतिशत रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । तर सरकारले कोरोना परीक्षणको सङ्ख्या घटाएको र समुदायमा कोरोना परीक्षण नगरिएको भन्दै आलोचना भएको छ ।

हाल ६ हजार ६ सय ९५ जना सङ्क्रमित आइसोलेसनमा रहेका छन् भने २४ हजार ७ सय १६ जना क्वारेन्टिनमा रहेका छन् ।

विश्वभरि कोरोना सङ्क्रमितको सङ्ख्या १ करोड ३२ लाख ६९ हजार ३ सय २६ रहेको छ । यस्तै मृत्यु हुनेको सङ्ख्या ५ लाख ७६ हजार ४ सय ९ रहेको छ । यस्तै उपचारपछि निको हुनेको सङ्ख्या ७७ लाख ३६ हजार ७ सय ९२ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :