महामारीले देश थलिएकोबेला कालो बजारीयाहरुको बिगबीगी

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रुकुमले विश्वभर र नेपालमा पनि कोरोनाको प्रभावले जनजीवन नराम्ररी प्रभावित भएको बेला सलहकिराको आतंक र बर्षात शुरु भएसँगै जनताको जनजीवन विकराल हुँदै गएको बताएको छ ।

मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला सेक्रेटरी मन्जीतले जनताको जीवन दिनप्रतिदिन विकराल हुँदै गइरहेको र रोग भोग, चिन्ताले जनता मरिरहेको बेला शासकहरु भने आफ्नो असफलताको विषयान्तर गर्दै राष्ट्रघात, जनघात, भ्रष्टाचार, कमिसन, घुसपैठ र आन्तरिक शक्ति सञ्चयको विश्वकप खेलिरहेको बताएका छन् ।

विश्वव्यापी महामारी फैलिरहेको मौका पारी दलाल, भ्रष्ट, तस्कर, माफिया, कालोबजारीया, घुसखोर, सुदखोर तथा लागू औषधी व्यापारीहरुको बिगबिगी बढिरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ ‘रुकुम पश्चिममा स्वास्थ्य क्षेत्रमा भएको अनियमितता, घोटाला र लापरबाही १. निजि शैक्षिक संस्थाहरुले शुल्क असुली गरेको २. बित्तीय संस्थाहरुले मासिक व्याज (किस्ता) उठाइरहेको ३. असारे बिकास मार्फत केही जनप्रतिनिधि र कर्मचारीले कमिसन, घुस, लिइरहेको ४. कालोबजारीयाहरुले दैनिक उपभोग्य बस्तु तथा निर्माण सामाग्रीहरुको मुल्यबृढि गरिरहेको ५. विभिन्न क्षेत्रमा नदीजन्य पदार्थहरुको अवैध निकासी भइरहेको ६. कानुनद्वारा बन्दित लागु औषधका उत्पादन बिक्रीवितरण र ओसारपसार ७. लगायतका बिषयमा जनगुणासो आएपछि हाम्रो पाटीको बिशेष ध्यानाकर्षण भएको छ । यस प्रकारका जनविरोधी हर्कतहरु रोक्न सम्बन्धित सबैलाई पार्टी विशेष, गम्भीर र चेतावनी पुर्ण अनुरोध गर्दछ । यी हर्कतहरु नरोके जनआदेश मुताबिक जनकारबाही गरिने व्यहोरासमेत अवगत गराउँछौँ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :