शुल्क उठाउने विद्यालयमा कालो ब्यानर


बाँके : अखिल क्रान्तिकारी बाँकेले कोरोना भाइरस सङ्क्रमण र बन्दाबन्दीको समयमा अनलाइन शिक्षाका नाममा शुक्क उठाउने बाँकेको नमुना सामुदायिक विद्यालय त्रिभुवन नमुना विद्यालय कोहलपुरलगायत आठ निजी विद्यालयमा पहिलो चरणमा चेतावनीस्वरूप कालो ब्यानर टाँगेको छ ।

अखिल क्रान्तिकारीले शुल्क उठाउने कार्य तत्काल बन्द नगरिए अझै सशक्त आन्दोलन गर्ने चेतावनी पनि दिएको छ ।

अखिल क्रान्तिकारी बाँकेले विद्यालयमा कालो ब्यानर टाँग्नुपर्ने कारण उल्लेख गर्दै ब्यानरमा बन्दाबन्दीको अवस्थामा विद्यार्थी र अभिभावकसँग लिएको शुल्क फिर्ता गर्नुपर्ने र अनलाइन शिक्षाका नाममा अभिभावकसँग शुल्क असुली गर्ने नियतले दबाब दिने काम तत्काल बन्द गर्नुपर्ने नारा लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :