बिनाकारण गिरफ्तार गरिएका केन्द्रीय सदस्य भट्टलाई रिहा गर : युवा सङ्गठन

काठमाडौँ : युवा सङ्गठन नेपालले आफ्नो सङ्गठनका केन्द्रीय सदस्य एवम् सेती–महाकाली ब्युरो इन्चार्ज श्याम भट्टलाई असार २७ गते बैतडी जिल्लाको पाटन नगरपालिका १० बाट प्रहरीले बिनाकारण गिरफ्तार गरेको भन्दै रिहाइको माग गरेको छ ।

सङ्गठनका केन्द्रीय उपाध्यक्ष दिनेशले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै जनसेवाको काम गरिरहेको बेला आफ्नो सङ्गठनका केन्द्रीय सदस्य भट्टलाई बिनाकारण गिरफ्तार गरेको भन्दै युवा सङ्गठन नेपालको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

अनुदानका नाममा राष्ट्रघाती सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कार्यान्वयन गर्न दलालहरूले न्वारानदेखिको ताकत लगाइरहेको भन्दै विज्ञप्तिमा राष्ट्रिय स्वाधीनता रक्षाका लागि एकीकृत जनक्रान्तिद्वारा संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अनिवार्य भएको उल्लेख छ ।

कोरोना महामारी र बाढीपहिरोले जनताको जीवन कष्टकर बनेको दुःखद् क्षणमा पनि दलालहरूले आफ्नो कुर्सी बचाउन नाङ्गो रूप देखाइरहेको उपाध्यक्ष दिनेशको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :