मजदुरका समस्या तत्काल समाधान गर : ट्रेड युनियन महासङ्घ

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले कोरोना भाइरस महामारीले जनजीवन आक्रान्त बनिरहेको बेला नेपालका मजदुरहरूको समस्या भयावह बन्दै गएकाले उक्त समस्या प्रतिसरकार गम्भीर नबनेको भन्दै आपत्ति प्रकट गरेको छ । मजदुरका समस्या तत्काल समाधान गर्न पनि महासङ्घले माग गरेको छ ।

महासङ्घका केन्द्रीय संयोजक विनोद थापाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै लकडाउनपछि आमजनताको जीवन अत्यन्तै कष्टकर बनेको बेला विभिन्न ठाउँमा कार्यरत मजदुरहरूको श्रम कटौती गरिँदा मजदुरहरू निकै ठूलो मारमा परेको बताएका छन् ।

मजदुरहरूका नाममा वितरण गरिएको राहत पनि लक्षित वर्गले नपाएको भन्दै वर्तमान सरकार इतिहासमै निरीह र गैरजिम्मेवार बनेको थापाको विज्ञप्तिमा उल्लेख छ । त्यस्तै ट्याक्सी व्यवसायीहरूको सडक सङ्घर्ष र मागलाई सरकारले न्यायोचित सम्बोधन गर्न नसकेको पनि संयोजक थापाले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

होटेल तथा रेस्टुरेन्टहरूका मजदुरहरूको दैनिक जीविकोपार्जन निकै असहज बन्दै गएको अवस्थामा अर्बौंको लगानी सामथ्र्य राख्ने व्यवसायी आबद्ध सङ्गठन, होटेल सङ्घ नेपाल (हान) श्रमिकहरूसँगको आफ्नै नैतिक प्रतिबद्धताबाट पछि हटेको पनि विज्ञप्तिमा उल्लेख छ । दिनहुँ बेरोजगार हुनेको सख्या बढिरहेकोे दृश्य निकै दर्दनाक भएको भन्दै समृद्ध नेपाल सुखी नेपाली भन्ने कथित कम्युनिस्ट सरकारको नाराले सबैलाई गिज्याइरहेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘श्रमिकहरूको न्यूनतम् हकअधिकारको सवाललाई सहायक मानेर व्यवसाय मात्रको मुद्दामा एकतर्फी जोड दिने निजी क्षेत्र एवम् वाणिज्य सङ्घ–परिसङ्घका गतिविधिप्रति अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घको गम्भीर ध्यानाकर्षण भएको छ ।’ विज्ञप्तिकाे पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :