वित्तीय संस्थाहरूलाई लगानी र ब्याज नउठाउन नेकपाको आग्रह

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी रोल्पाले कोरोना महामारीबाट देश मुक्त नहुँदासम्म लगानी र ब्याज उठाउने काम बन्द गर्न वित्तीय संस्थाहरूलाई आग्रह गरेको छ ।

नेकपा रोल्पाका सेक्रेटरी दिनेशविक्रम चन्द ‘मानव’ ले प्रेस विज्ञप्ति जारी गर्दै सर्वोच्च अदालतको आदेशलाई लत्याएर वित्तीय संस्थाहरूले रोल्पाका गाउँगाउँमा गरिबहरूलाई प्रताडनाको सिकार बनाइरहेको भन्दै उक्त कार्य बन्द गर्न माग गरेका हुन् ।

शनिबार जारी विज्ञप्तिमा असारे विकासका नाममा भ्रष्टाचार भैरहेको भन्दै कोरोना रोकथामको बहानामा जनस्वास्थ्यका क्षेत्रमा भइरहेको व्यापक भ्रष्टाचार सम्बन्धमा सम्बन्धित पक्षको ध्यानाकर्षण गराइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :