भारतीय मिडियाको रबैया पीतपत्रकारिताको नमुना : पत्रकार महासङ्घ

काठमाडौँ : नेपाल पत्रकार महासङ्घले नेपालका प्रधानमन्त्री केपी शर्मा वली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी लाई जोडेर गरिएको प्रचार अत्यन्त तल्लो स्तरबाट गरिएको भन्दै उक्त कार्य निन्दनीय र आपत्तिजनक भएको बताएको छ ।

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश बिस्टले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भारतीय मिडियाको उक्त रबैया पीतपत्रकारिताको नमुना भएको भन्दै उक्त कार्य प्रेसको विश्वव्यापी मान्यताविरुद्ध रहेको बताएका छन् । साथै महासङ्घले उक्त बकबासपूर्ण प्रचारको कडा शब्दमा विरोध गरेको छ । आगामी दिनमा यस्तो कुप्रचार दोहोरिन नदिन कडा कदम चाल्न नेपल सरकारको ध्यानाकर्षण पनि गराएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :