शुल्क असुलीका विरुद्ध क्रान्तिकारीको प्रदर्शन


काठमाडौँ : विद्रोही नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले अनलाइन शिक्षाका नाममा शुल्क लिइएको विरोधमा प्रदर्शन गरेको छ ।

क्रान्तिकारीले पूर्व मेची–कोसीअन्तर्गत झापा, मोरङ, सुनसरीलगातय जिल्लाहरूमा अनलाइन शिक्षाका नाममा निजी विद्यालयहरूले शुल्क लिएको विरोधमा प्रदर्शन गरेको हो ।

कोरोना महामारीका कारण जनताको दैनिकी कष्टकर बनिरहेको बेला लकडाउनको समयमा पनि शुल्क असुलीको धन्दा अघि सारेर विद्यार्थी तथा अभिभावकमाथि मानसिक एवम् आर्थिक शोषण गरेको भन्दै उक्त कार्य बन्द गर्न माग गर्दै क्रान्तिकारीले प्रदर्शन गरेको हो ।

शैक्षिक दलालहरू होसियार ! अनलाइन शिक्षाका नाममा शुल्क असुली बन्द गर ! पठनपाठनमा नयाँ आयाम र एकरूपताको ग्यारेन्टी गर ! व्यवस्थित परीक्षाको तयारी गर्ने कि टुलुटुलु हेरेर बस्ने सरकार ! लेखिएका प्लेकार्डसहित क्रान्तिकारीले प्रदर्शन गरेको हो ।

यसअघि क्रान्तिकारीका मेची–कोसी क्षेत्रीय समन्वय समितिका संयोजक पुष्प न्यौपानेले प्रेस विज्ञप्ति जारी गर्दै निजी विद्यालयहरूले अनलाइन कक्षाका नाममा अभिभावकहरूबाट शुल्क असुल्ने काम बन्द नगरे आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :