बाढी पहिरोको वितण्डा, चार दिन अझै जोखीम

काठमाडौँ : लगातारको वर्षापछि आएको बाढीले देशैभरि ठूलो धनजनको क्षति गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबारबाट २८ गतेसम्म देशैभर अविरल वर्षा हुने अनुमान छ । प्राधिकरणका अनुसार ४ दिनसम्म लगातार वर्षा हुने भएपछि बाढीपहिरो र डुबानले अझै ठूलो धनजनको क्षति हुने जोखिम बढेको छ ।

यसरी ४ दिनसम्म लगातार वर्षा भएको खण्डमा नदीहरूमा पानीको बहाव उच्च हुने र खोला–खहरेहरूमा ठूला–ठूला भेलबाढीहरू आउने भएकाले ती क्षेत्रहरूमा जोखिम बढेको हो ।

गएराति मात्र सिन्धुपाल्चोकको बाह्रबिसे जम्बु बजारमा आएको बाढीमा परेर बेपत्ता भएकामध्ये अहिलेसम्म तीनजनाको शव फेलापरेको छ । बाढीमा परी ज्यान गुमाउनेमा २३ वर्षीय निकेश बस्नेत, उनकी ३ वर्षीया छोरी र अर्का एकजना छन् । बाढीमा परी हराइरहेका अन्य १३ जनाको खोजी भैरहेको छ ।

सिन्धुपाल्चोकमै आएको बाढीले निर्माणाधीन १०२ मेगावाटको मध्य–भोटेकोसी हाइड्रोपावरमा ठूलो क्षति पुगेको छ भने एकजना चिनियाँ प्राविधिक बेपत्ता भएका छन् । आयोजनाका लागि उपकरणहरू राख्ने गरिएको भण्डारगृह पनि बाढीले बगाएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :