जनताको बस्तीमा पसेर प्रहरीले आतङ्क मच्चायो

काठमाडौँ : अर्घाखाँचीको शीतगङ्गा नगरपालिका वडा नं. ९ नयाँबस्तीका बासिन्दाको घरमा गएर प्रहरीले धरपकड र आतङ्कित पारेको स्थानीयले बताएका छन् ।

स्थानीय सागर पुनलगायतको घरमा पसेर अनावश्यक तनाव दिने, नेकपाको शुभचिन्तक भएको भन्दै पक्राउ गर्न धम्की दिने, चन्दा उठाएको आरोप लगाउँदै थर्काउने र २ घन्टाभन्दा बढी स्थानीयका घरहरू घेराउ गरी मानसिक यातना दिएको स्थानीयले बताएका छन् ।

शीतगङ्गा नगरपालिका वडा नं. ८ रातमारामा रहेको प्रहरी चौकीबाट नकुलदेव गिरीको नेतृत्वमा गएको प्रहरी टोलीले जनतालाई दुःख दिएको भन्दै स्थानीय बासिन्दाले गुनासो गरेका छन् । राजनीतिक पूर्वाग्रहका आधारमा विद्रोही नेकपाको शुभचिन्तक भएको भन्दै प्रहरी प्रशासनले जनतालाई अनावश्यक धरपकड गर्नु, आतङ्कित पार्नु र पक्राउको धम्की दिनु गलत भएको स्थानीयले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :