कोरोना संक्रमितको संख्या १५ हजार नाघ्यो

काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा सय बढि थप ७ सय ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभर भएका ४ हजार ४ सय ८३ नमुना परीक्षण गर्दा एकै पटक अहिलेसम्मकै सबैभन्दा धेरै संख्यामा संक्रमित भेटिएका हुन् ।यो सँगै देशभर संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ ।

यसैबिच कोरोना भाइरसबाट ज्यान जानेको संख्या ३२ पुगेको छ । शुक्रबार काठमाडौँ नयाँ बानेश्वरका एक ब्यक्तिको मृत्यु भएसँगै मृतकको संख्या ३२ पुगेको हो ।

यसैबीच पछिल्लो २४ घन्टामा कोरोना जितेर घर जोनको संख्या ८ सय २३ डिस्चार्ज भएका छन् । यो सँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या संख्या ६ हजार १ सय ४३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :