कोरोनाले जनजीवन कष्टकर बनेको बेला शुल्क नलेऊ – अखिल (क्रान्तिकारी)


काठमाडौँ : अखिल (क्रान्तिकारी) जिल्ला समिति कपिलवस्तुले कोरोनापछि जारी बन्दाबन्दीले जनजीवन कष्टकर बनेको बेला भ्रष्टाचार, कमिसन, तस्करी, हत्या, हिंसा, बलात्कार, कालोबजारी, करवृद्धि र बेरोजगारीले जनताको जीवन झन् कष्टकर बनेको बताएको छ ।

जिल्ला अध्यक्ष विज्ञान क्षेत्रीले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाले जनजीवन कष्टकर बनेको बेला निजी विद्यालयहरुले अनलाइन कक्षाका नाममा शुल्क असुलेको भन्दै गम्भीर आपत्ति जनाएका छन् ।

लामो समयको बन्दाबन्दीको अवस्थामा अनलाइन शिक्षाका नाममा शुल्क लिने र पाठ्यपुस्तक परिवर्तन गर्ने बहानामा शुल्क लिने कार्य बन्द गर्न जिल्लाका विभिन्न सरोकारवाला निकायलाई पटकपटक आग्रह गर्दा पनि अटेर गरेको भन्दै क्रान्तिकारीले उक्त कार्य दोहोरिए आन्दोलन गर्ने चेतावनी दिएको हो । विज्ञप्तिको पूर्णपाठ…

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :